२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एनिमल फिल्मको कथामा हिंसा र सेक्समा निर्भर सामाजिक सञ्चालमा आलोचना धेरै

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर १९, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रश्मिका मन्दाना, बबी देओल, अनिल कपूरको पनि अभिनय छ।

शुक्रबारदेखि फिल्म प्रदर्शन भएपछि दर्शकले स-साना भिडिओ क्लिप सामाजिक सञ्चालमा सेयर गरिरहेका छन्। जसमा फिल्मका पुरुष पात्रले महिला पात्रलाई शारीरिक, मानसिक हिंसा गरिरहेको क्लिप छन्। फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

कतिपयले फिल्मलाई राम्रो बताएका छन् भने कतिपयले धेरै हिंसात्मक भएको बताएका छन्। ‘एनिमल’ को आलाेचना भइरहँदा अभिनेता आमिर खानको एक भिडिओले चर्चा बटुलिरहेको छ।

आमिरले केही वर्षअघि एक अन्तर्वार्तामा हिंसाको कथा राखेर फिल्म चल्छ भन्ने भ्रम निर्देशकलाई रहेको बताएका थिए।

निर्देशक फिल्मको कथामा हिंसा र सेक्समा निर्भर हुन्छन्, उनीहरूले यस्ता कुरा फिल्ममा देखाउँदा सफलता हासिल गर्छ भनेर सोच्छन्। यो गलत हो। खासमा उनीहरूको अरू कुरा देखाउने हैसियत हुँदैन, त्यसैले निर्देशकहरू यस्ता कुरामा बढी प्राथमिकता दिन्छन्’ उनले भने, ‘मलाई लाग्छ यस्तो गर्नु एकदम गलत सोच हो। यस्तो कथाले समाजलाई नकारात्मक असर पुर्‍याउँछ।’

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले तीन दिनमा २०१ करोड ७६ लाख भारू कमाएको छ।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]