(एबिसि संचार ) राजधानीको गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।