२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भारतमा वन्यजन्तु अपराधको आरोपमा ५ जना नेपालीहरु कारागार चलान

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ १८, २०८१

ABC (क्राईमबिट)
बर्दिया । सीमावर्ती भारत उत्तरप्रदेश राज्य बहराईच जिल्लाअन्तर्गत निशानगाढा रेन्जपोष्टले पाँच नेपालीलाई वन्यजन्तु अपराधको आरोपमा कारागार चलान गरेको छ । उनीहरुमाथि कतरनियाघाट वन्यजन्तु सेन्चुरीमा बुधबार अवैधरुपमा प्रवेश गरी माछा मारेको र कछुवा लिएर फर्किएको आरोप भारतीय वनका कर्मचारीले लगाएका छन् ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का सुनिता चौधरी, सुन्दरी चौधरी, राजकुमारी थारु, महिमा चौधरी र रामबहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले भारतीय वनका कर्मचारीलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

कैलाशपुरीमा माछा मारेको र कछुवा लिएर आउने क्रममा पक्राउ परेको भारतीय वनरक्षकले उनीहरुलाई झुटो आरोप लगाएर मुद्दा दायर गरेको आशंका स्थानीयको छ । पाँचै जनालाई जिल्ला कारागार बहराइच लगिएको डीएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]