(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेपछि नगर प्रहरी पनि त्यहाँ पुगेको थियो ।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीबीच छलफल भइरहेको छ । काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउनलाई भन्दै सडकको पिच खनेको थियो । तर, डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।
महानगरपालिकाले नमानेपछि सोमबार बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गर्न थालेको थियो ।