२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

राजीनामा माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ २३, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसद्‌बाट विश्वास मत लिएरमात्रै छाड्ने बताएका छन् ।

संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आइतबार अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले-कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको उनको भनाइ थियो ।

उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको प्रस्ट पारे । उनले माओवादीले कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताए । उनले एमाले-कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए । उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न सुरु गर्दा एमाले-कांग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए।

एमाले, कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वाभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ । दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खोजेको हो,’ उनले भने, ‘संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो । कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचनमा जाऔं भनेकै हो । हामी पनि समर्थन गर्छौं । किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौं,’ उनले भने ।

उनले सरकारले तत्काल कुनै पनि अनैतिक काम नगर्ने बताए । उनले भने, ‘सुशासनको पक्षमा काम गर्न, ठूला फाइलहरु खाल्न सुरु गर्दा किन आत्तिनु भयो ? कांग्रेस-एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौं । त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौं । सरकारले अनैतिक काम गर्दैन,’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]