२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाढीले बगाएको २ वटा शव भारतको चम्पारणमा भेटियो अहिलेसम्म २३ वटा शव फेला १४ जनाको मात्र सनाखत

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०४, २०८१

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ ।

खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारण नागाहा नारायणी नदीमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

यी सहित अहिलेसम्म २३ वटा शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २३ वटा शवमध्ये अहिलेसम्म १४ जनाको परिचय खुलेको छ । बाँकी नाै वटा शवको सनाखत हुन सकेको छैन ।

अहिलेसम्म भारतीय नागरिक ऋषिपाल साह, विवेक कुमार, जयप्रकाश ठाकुर र सजाद अन्सारी, चितवनको माडीका विकास परियार, सर्लाहीको बरथहवाका रमितकुशर माझी, भरतपुरको पटहानीका सुदीप विक, बाराको विश्रामपुरका परमानन्द पण्डित, रौतहटको चन्द्रपुरका गणपति बसका चालक किशोरकुमार चौधरी, रौतहटकै गरुडाका अशोककुमार यादव, परोहाका ऋषिकुमार सिंह, बौधिमाईका अमृता कुमारी, पर्साकी चन्द्रप्रभा कुमारी र सर्लाहीको रामनगरका जितेन्द्रराम महराको शव पहिचान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एन्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा खसेका थिए । यी दुई बसमा चालकसहित ६५ जना यात्रु रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अरू ६२ जनामध्ये २३ वटा शव भेटिए पनि अझै ३९ जनाको अवस्था थाहा हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]