१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बहिनीलाई बलात्कार गरेको आरोपमा बर्दियामा दाजु पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

  • महेन्द्र सिहं, बर्दिया

मंसिर १६, बर्दिया । गुलरिया हाडनाता भित्रकै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक मुद्दा शाखा प्रमुख लक्ष्मण ओलीले जानकारी दिएका छन् ।

करिब १ महिना अघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि गुपचुप थियो। पीडित बालिकाले केही महिनापछि फुपुलाई घटना सुनाएपछि घटना बर्दिया प्रहरी सम्म पुगेको हो।

पीडितको फुपुुले दिएको जाहेरीका आधारमा हाडनाता भित्र बलात्कार गर्ने २५ बर्षिय दाजु पर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश नाथ बास्तोलाले बताए।

असोज महिनामा साथीको घरमा सुतेको अवस्थामा दाजुले राती ११ बजे ढोका खोल्न लगाई एकछिन काम छ भन्दै ट्वाईलेट पछाडी लगि जबरजस्ती करणी गरी कसैलाई भनेमा मार्छु भन्ने धम्कीसमेत दिएको पीडितले प्रहरी समक्ष बयान दिएको उनले बताए। आरोपीलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बर्दिया प्रहरी प्रमुख एसपी वास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]