१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

बाँके सशस्त्र एसपी अधिकारी भन्नुहुन्छ सिमा सुरक्षा दशगजा क्षेत्रमा कुनैपनि अतिक्रमण हुन दिने छैनौं

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

महेन्द्र सिंह
मंसिर १९, बाँके । बाँकेको नरैनापुरमा सीमा सुरक्षा र लागू औषध सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा स्थानीयका लागि सीमा सम्वन्धि जानकारीका साथै लागू औषध विरुद्धको सचेतना कार्यक्रम छ ।

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीको आयोजना तथा नरैनापुर गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रमका सहभागीहरुलाई सशस्त्र प्रहरी प्रमुख एसपी दीपक अधिकारीले सीमा सुरक्षाका लागि स्थानीयले ध्यान दिनुपर्ने जानकारी गराए । खुला सीमाका कारण हुन सक्ने लागू औषध ओसारपसार तथा सेवनलाई निरुत्साहित गर्न स्थानीय नै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले सीमा स्तम्भ सुरक्षामा स्थानीयको विशेष दायित्व हुने भन्दै दशगजा क्षेत्रमा कुनै खालको अतिक्रमण हुन नहुने बताउनुभयो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारी तथा शसस्त्र प्रहरी बल गंगापुरका प्रहरी नायब निरिक्षक खगेन्द्र विकले अन्तर्राष्ट्रिय सीमा, सीमा स्तम्भ र दशगजाका बारेमा स्थानीयलाई जानकारी दिदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पछिल्लो एक बर्षमा लागूऔषध दुब्र्यसनीहरुले धमाधम कुलत छाड्दै सत्मार्गमा हिंड्ने प्रण गरिरहेको बताउँदै खुला सीमाका कारण बढेको जोखिम न्यूनीकरणका लागि गाउँपालिका गम्भीर रहेको बताउनुभयो । उहाँले डुडुवादेखि नरैनापुरको हुलासपुर्वासम्मका केही सीमा स्तम्भ हराएकाले सीमा स्तम्भ पुनःस्थापनाका लागि भूमिका खेल्न सशस्त्र प्रहरी बल बाँकेलाई आग्रह गर्नुभयो । नरैनापुरका सीमावर्ती स्थानीयहरु सीमाका असली रक्षक भएको बताउँदै अध्यक्ष शाहले आफ्नो जमिनको रक्षाका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।दुई सय पचास बढी स्थानीय सहभागी रहेको कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेख, ३ नम्बर वडाका अध्यक्ष राजकुमार मौर्य लगायत सहभागी रहेको बाँके सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!