१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नेपाल प्रहरीका डीआईजीहरुको सरुवाको तयारी, गृहमन्त्रालयमा चहलपहल सुरु

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीहरुको सरुवाको तयारी थालेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट हुने डीआईजी सरुवाको लागि गृहमन्त्रालयमा चहलपहल बढ्दै गएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध अनुसन्धान बिद्यालयका डीआईजीको एकबर्षे कार्यकाल पूरा भएका कारण गृहमन्त्रालयले सरुवाको तयारी थालेको हो।

कार्यक्षमता र कमाण्ड कन्ट्रोलमा कमजोर देखिएपछी गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद शर्मा घिमिरेलाई फिर्ता गर्न लागिएको उच्च स्रोतको दावी छ। घिमिरेको ठाउँमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत डीआईजी निरजबहादुर शाही वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डीआईजी सुर्यप्रसाद उपाध्याय मध्ये एकलाई पठाउने तयारी गरिएको बुझिएको छ।

हालको नियमावली अनुसार तीसबर्षे सेवाहद कायमै रहेमा भावी आईजीको प्रवल दावेदार रहेका डीआईजी ठाकुरप्रसाद ज्ञवालीले पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गर्ने इच्छा देखाएका छन्। ज्ञवाली हाल एक नम्बर प्रदेश प्रहरी प्रमुख छन्। अहिलेको ब्यबस्था अनुसार हालका आईजी सर्वेन्द्र खनालले आगामी माघ २८ मा अवकाश पाएपछि ज्ञवालीले करिब पाँच महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन्।

सरुवाको चहलपहल बढेपछि डीआईजी ज्ञवाली बिदा लिएर काठमाडौं आएको उनीनिकट स्रोतले बतायो। यद्यपि गृहमन्त्रालयले उनलाई सीआईबी पठाएर डीआईजी केदार रिजाललाई महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी दिने तयारी थालेको छ। ज्ञवालीको सीआईबीमा सरुवा भए हालका प्रहरी प्रवक्ता डीआईजी बिश्वराज पोखरेलले एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको नेतृत्व गर्ने अवसर पाउने उच्च स्रोतले जानकारी दिएको छ। पोखरेलको बिराटनगर सरुवा भए महानगरीय प्रहरी प्रमुख रहेका डीआईजी शैलेस थापा क्षेत्रीले पुनः केन्द्रिय प्रवक्ताको जिम्मेवारी पाउनेछन्।

डीआईजी केदार रिजाल आईजी सर्वेन्द्र खनालका ब्याचमेट हुन्। हालको ब्यबस्था अनुसार उनीपनि खनालसंगै आगामी माघ २८ मा अनिवार्य अवकाशमा जानेछन्। तर पछिल्लो समय तीसबर्षे सेवाहद हटाउने बिषयमा उच्च तहमा छलफल चलिरहेको स्रोत बताउँछ। आईजीको पदावधि ३ बर्ष, एआईजीको २ बर्ष, डीआईजीको ४ बर्ष र एसएसपीको ५ बर्ष राखेर उमेर हद र पदावधिको आधारमा अवकाश पाउने ब्यबस्था कायम गर्ने बिषयमा गम्भीर रुपमा छलफल चलिरहेको खुल्न आएको छ।

तत्काल यो ब्यबस्था लागू भएमा हालका आईजी सर्वेन्द्र खनालको कार्यकाल एक बर्ष थपिनेछ भने खनाल आईजीमा बहाल रहदै गर्दा दुईबर्षे पदावधिको कारण एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले अनिवार्य अवकाश पाउनेछन्।

त्यसपछि सिनियर डीआईजी रिजाललाई आईजी खनालको अवकाशलगत्तै नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने मौका मिल्नेछ। रिजाल आफ्नो ब्याचमा सबैभन्दा कम उमेरका अधिकारी हुन्। गृहमन्त्रालयले अहिले महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी दिन खोजेपनी रिजालले त्यहाँ जान त्यति इच्छा नदेखाएको उनीनिकट स्रोतको दावी छ।

‘तीसबर्षे सेवाहदको प्रावधान हट्यो भने पूरा कार्यकाल काम गर्नेगरी जाने हो, नभए दुई महिनाको लागि जान्न।’ डीआईजी रिजाललाई उद्धृत गर्दै स्रोतले भन्यो। प्रहरीमा व्यावसायिक छवि बनाएका रिजालले महानगरीय प्रहरी कार्यालय जान इन्कार गरे केही समयलाई हालका डीआईजी शैलेस थापालाई नै निरन्तरता दिने बिषयमा छलफल भएको बुझिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!