२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कपिलवस्तुकाे विजयनगर गाउँपालिका चंन्दा दातालाई सम्मान र गुणस्तरीय शिक्षाका लागि भेला

Logo
धर्मेन्द्र कुमार कुर्मी प्रकाशित मंगलबार, माघ २२, २०८१

कपिलवस्तु । विजयनगर गाउँपालिका-७ मधुनगर साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयमा शैक्षिक सुधारका लागि चन्दा दिने दाताहरुलाई सम्मान र गुणस्तरीय शिक्षाकाे लागि अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै विद्यालयले गत वर्ष आयाेजना गरेकाे यज्ञ जागरण कार्यक्रममा सहयोग गर्ने दातालाई सम्मान गरिएको हाे ।

यसै अवसरमा गाउँपालिकाकाे सहयोगमा १५ लाख बजेटकाे लागत निर्माण हुन लागेकाे २ काेठे भवनकाे शिलान्याससमेत गरिएको छ । पुर्व सांसद अभिषेक प्रताप शाह, गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले मंगलबार संयुक्त रुपमा भवनकाे शिलान्यास गरेका हुन् ।

पुर्व सांसद अभिषेक प्रताप शाहले बालबालिकामा लगानी गर्नुपर्ने बताएका छन् । शिक्षाले समाजमा परिवर्तन ल्याउने हाे भन्दै छाेरीलाई पनि छाेरा सरह समान व्यवहार गर्दै छाेरीलाई शिक्षित बनाउन उनले आग्रह गरे । शिक्षा बिना हरेक विकासका काममा कल्पनासमेत गर्न गार्‍हो भएको बताउँदै गुणस्तरीय शिक्षाका लागि आफ्नो ठाउँबाट सक्दाे सहयोग गर्ने सांसद शाहले प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अभिभावक भेलाले शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिलाई जाेडेकाे बताएका छन् । उनले शिक्षा बिना संसारमा केही नभएको बताउँदै विद्यार्थी संख्या कम हुँदै जानु अभिभावकहरुले चुक्ने गरेकाे जिकिर गरे । यसमा गम्भीर भएर सबैेले जागरुकता देखाउन आवश्यक रहेकाे अध्यक्ष थापाकाे भनाइ छ । उनले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा पालिकाले सबै विद्यालय, मदरसाहरुमा आवश्यकता अनुसार लगानी गरि स्तरउन्नति गरेकाे बताए । स्थानीय सरकार आएपछि पहिला भन्दा चाैतर्फी विकास निर्माण लगायत क्षेत्रमा निकै परिवर्तन भएकाे उनले बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शिक्षा बिना मानव जीवन अन्धकार हुने बताउँदै बालबालिकालाई नियमित विद्यालयमा पठाउनु पर्नेमा जाेड दिइन् । विद्यार्थीकाे संख्या वृद्धिका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुकाे समिक्षा गरि निष्कर्ष निकालेर सक्रियता देखाउनुपर्ने उनलेे बताइन् । विद्यार्थीलाई सीप र व्यवसाययुक्त शिक्षाकाे आवश्यकता देखिएकाे चाैधरीकाे भनाइ छ ।

यसैगरी वडा ७ अध्यक्ष दिनेश कुमार चाैधरीले स्थानीय सरकार आएपछि शैक्षिक सुधार हुँदै गएको बताए । शैक्षिक सुधार र गुणस्तरीयताका लागि अभिभावककाेे भूमिकाकाे महत्त्वपूर्ण भएको बताउँदै शिक्षामा चाँसाे देखाउन उनले आग्रहसमेत गरे । विद्यार्थी संख्याकाे अनुपातमा शिक्षक दरबन्दी नभएकाे हुँदा शैक्षिक गुणस्तरीयतामा असर परेकाे उनलेे जिकिर गरे ।

कार्यक्रममा प्रधानाध्यापक बालजी चाैधरीले गत वर्ष भएको यज्ञ जागरण कार्यक्रमकाे आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि विभिन्न प्रयत्न गर्दै आएकाे बताए । उनले स्वयंसेवक शिक्षक, नि:शुल्क काेचिङ्ग, अतिरिक्त अध्यापन, छलफलसहित विद्यालय परिवार लागेकाे बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार चाैधरीले छाेटाे समयमै फड्को मारेकाे बताए । विद्यार्थीकाे संख्या अनुसार अनुमति प्राप्त गरि मावि तह कक्षा सञ्चालन गरिकाे बताउँदै शिक्षालाई प्रभावकारी बनाउन विद्यालयकाे चाैतर्फी विकासका लागि लागेकाे बताए ।

कार्यक्रमलाई युवा नेता राशिद मिर्जा, समाजसेवी, रफिक मुसलमान, युवा नेता अमर पाैडेल ओम प्रकार यादव लगायतले सम्बाेधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]