२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ २९, २०८१

भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो

काठमाडौं । सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो ।

उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरी संसदमा पठाएको थियो । ०७६ माघमा राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक अझै संसदबाट पारित हुन सकेको छैन ।

राष्ट्रिय सभाले भने २०७९ चैतमा उक्त विधेयक पास गरेपछि प्रतिनिधिसभामा आएको हो ।
राज्य व्यवस्था समितिले गत पुसमा विधेयक पारित गरी पूर्ण बैठकमा पठाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]