२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

शोरुमबाट नयाँ गाडी चोरेर भागेका एक जना पेट्रोल सकिएपछि बाटोबाट नै पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०८१

 

काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्।

कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका छन्।

प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारत तर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन् ।

गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण कार चोरी भएको प्रहरीले बताएको छ । चोरी भएको कारको मूल्य ८० लाख पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले […]

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

error: Content is protected !!