२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीमा बढेयो हस्तक्षेप आईजिपीले सरुवा गर्ने नेताले रोक्ने

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

काठमाडौै पुस १८ नेपाल प्रहरीले गरेका सरुवा नै कार्यान्वयन नभएका उदाहरण धेरै कम छन् । तर विगत ३ महिनायता तीन अधिकृतको सरुवा कार्यान्वयन नै भएनन् । आइजीपी सर्वेन्द्र खनालले पुस ४ मा २४ एसपीको सरुवा गर्दा गंगा पन्तलाई चितवन पठाए ।
चितवनका एसपी दानबहादुर मल्लको बारेमा धेरै गुनासा आएपछि उनलाई एयरपोर्टमा सरुवा गरिएको थियो । तर एसपी मल्लले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सात महिनामै आफ्नो सरुवा गरी बे’इज्जती गरेको गुनासो गरे ।
अध्यक्ष दाहालले आइजीपी खनाललाई मल्ललाई २ महिनासम्म चितवनमै राख्न निर्देशन दिए । पन्तको सरुवा रद्द भयो, मल्ल थमौती भए । मल्ल नेकपा अध्यक्ष दाहालका पूर्व पीएसओ हुन् । त्यही पीएसओको नाममा उनी अवकाश हुने बेलामा पनि चितवन जस्तो जिल्लाको एसपीमा सरुवा भएका थिए ।
नेपाल प्रहरीमा अवकाशको मिति नजिक भएका अधिकृतलाई इन्चार्ज नदिने नीति छ । तर शक्तिको आडमा उनी चितवनको एसपीमा सरुवा भए । चितवनमा गएपछि उनको ध्यान शान्ति सुरक्षातिर भन्दा पनि कसरी हुन्छ कमाउधन्दामा केन्द्रित भएका कारण उनी विवादमा पर्दैआएका थिए ।
एसपी मल्लले जु’वा अखाडादेखि मोटरसाइकल र गाडी चो’री गर्ने गि’रोहसँग घुस असुली गरेको र मातहतका चौकीहरूमा दररेट तय गरी इन्चार्ज खटाउने गरेको आरोप लाग्यो ।
दररेट अनुसार नदिने इन्चार्जलाई एक महिनामै तान्ने काम गरेपछि उनका बारेमा धेरै उजुरी प्रहरी प्रधान कार्यालयमा पनि पुगेपछि आइजीपीले उनलाई तानेका थिए । र, गंगा पन्तलाई पठाएका थिए ।
पन्त र आइजीपी खनालको गृहजिल्ला तनहुँ नै भएकाले उनले मौका पाएको अर्थ पनि कतिपयले लगाउने गरेका छन् । त्यसो त प्रहरी प्रमुखले अवकाश हुने बेलामा आफ्ना निकट केही अधिकृतलाई राम्रो ठाउँ दिने प्रवृत्ति नै नेपाल प्रहरीमा रहँदैआएको छ । तर पन्त जानै पाइनन् । आइजीपी खनालको निर्णयलाई शक्तिका आडमा एसपी मल्लले तुहाइदिएका छन् ।
२०७६ मंसिर २० मा २७ डीएसपीको सरुवा गर्दा बाजुराका उद्धवसिंह भाटको नाम जिल्ला प्रहरी कार्यालय धनुषामा थियो । भाटलाई धनुषामा सरुवा गरी उनको ठाउँमा टंकप्रसाद भट्टराईलाई पठाइएको थियो । तर भट्टराई बाटाबाटै फर्किनुपरेको बताइन्छ ।
भाटको थमौती भएपछि बाजुरामा पद सम्हाल्न गएका भट्टराई बीच बाटोबाटै फर्किन बाध्य भएका थिए । डीएसपी भाटले पनि आइजीपीको सरुवालाई चुनौती दिएरै बाजुरामा थमौती भएका छन् ।
तेस्रो घटना हो, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम शाहीको सरुवा कार्यान्वयन नहुनु । डीएसपी शाहीले २०७६ दशैंमा स्थानीय एक ठेकेदारसँग खसी मागेको भिडियो सार्वजनिक भएपछि नै प्रहरीको बदनाम भएको थियो । त्यतिबेला पनि उनलाई यथावत राखिएको थियो ।
त्यसपछि स्थानीय विद्यार्थी प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न परिस्थितिमा कोहलपुर प्रहरीले वि’रोधमा उत्रिएका विद्यार्थीमाथि निर्मम लाठीचार्ज गरेर उनी वि’वादमा आएपछि २०७६ मंसिर २५ मा उनलाई सुर्खेत गणमा पठाइएको थियो ।
र, डीएसपी कुलदीप चन्दलाई पठाएको थियो । तर प्रहरी प्रधान कार्यालयले पठाएका डीएसपी चन्द कोहलपुर अहिलेसम्म जान पाएका छैनन् । विद्यार्थी आन्दोलनले उ’ग्र रुप लिएपछि पहिला जिल्ला प्रहरी कार्यालय बाँकेबाट डीएसपी शिव सिंहलाई पठाइएको थियो । तर उनी पनि जानै पाएनन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!