०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

झापामा दिनहुँ हात्ती आतंक एकै रातमा ७ घरमा क्षति स्थानीयहरु चिन्तित

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

झापा पुस २३ झापाको दक्षिणी क्षेत्रका वन जंगलमा हात्ती नियन्त्रणका लागि सौर्य विद्युतीय तारबार जडान कार्य सुरु भएसँगै जंगली हात्तीले सदरमुकाम भद्रपुरमा आतंक मच्चाउन थालेका छन्।
स्थानीयले खेतबाट धानसहित अन्नबाली घर भित्राएसँगै आहारको खोजीमा रात परेपछि गाउँ पस्ने जङ्गली हात्तीले भद्रपुर नगर क्षेत्रमा केही दिनदेखि उत्पात मच्चाउँदै आएका छन्। जङ्गली हात्तीको त्रासले स्थानीय रातभर जाग्राम बस्न समेत बाध्य भएका छन्।
एकै रातमा चार ठाउँमा हात्ती आतंक
बुधबार मध्यरातमा तीन वटा जंगली हात्तीले भद्रपुरको वडा नम्बर ५, ७, ८ र ९ मा आतंक मच्चाउँदै स्थानीयको घर भत्काउँदै धान र चामल खाइ दिएका छन्।
हात्तीले एकै रात ७ वटा घरमा क्षति पुर्याएको छ।
हात्तीले भद्रपुर ५ घोडामारास्थित घिमिरे चिया बगान नजिकै बस्ने भीमबहादुर मगर र हेमा दासको टिनले बनाएको छाप्रो भत्काउँदै चामल खाइदिएका छन्। त्यस्तै भद्रपुर ७ स्थित बबलु किस्कु र भवेस राजवंशीको घर भत्काउँदै धान खाइ दिएका छन्। त्यसै गरी भद्रपुर ८ स्थित किरात कोलोनीमा वडा अध्यक्ष गौरव सुब्बाको घरमा भण्डारण गरी राखिएको धान खाँदै गणेश लिम्बूको घरको कम्पाउन्ड वाल भत्काइ दिएका छन् भने पानलाल राजवंशीको घर भत्काउँदै धान खाइ दिएका छन्।
छोराछोरीको ज्यान जोगाउनै मुस्किल
भद्रपुर ५ कि स्थानीय बिना मगरका अनुसार बुधबार राति करिब साढे १ बजे घरमा हात्ती आएको बताइन्। ‘दुई छोराछोरीसहित हामी मस्त निद्रामा थियौं। घरको पछाडिबाट टिनमा आवाज आयो। मुसाको आवाज होला भनेर हामीले वास्ता गरेनौ। एक छिनपछि टिन भत्काएको आवाज आयो। बाहिर हेर्दा हात्ती देखेपछि हामी बेस्सरी तर्सियौं’, उनले भनिन्, ‘श्रीमानलाई बोलाएर हामी हतार हतार बाहिर निस्कियौं। छोराछोरी सुतिरहेका थिए। सुतिरहेकै अवस्थामा छोराछोरीलाई तारेर बाहिर निकालेर हामीले ज्यान जोगायौं।’
‘हात्ती अग्लो न अग्लो थियो’, बिनाले भनिन्,‘हात्तीले घर भत्काएर चामल सबै खाइदियो। तर छोराछोरीको ज्यान जोगाउनै मुस्किल पर्यो।’ ‘हात्तीले मेरो घर भत्काएपछि छिमेकी हेमा दासको परिवारले पनि हात्ती आएको थाहा पायो’, उनले भनिन्,‘दास परिवार पनि हतार हतार सुतिरहेका छोराछोरी लिएर बाहिर निस्की हाले। तर हात्तीले उनको घर पनि भत्काएर छाडेँ।’
रेडक्रस र वडा अध्यक्षद्वारा राहत सामग्री वितरण
हात्तीले बुधबार राति घर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरले वडा ५ का भीमबहादुर मगर र हेमा दासका परिवारलाई राहत स्वरूप एक/एक थान कम्बल र तिर्पाल वितरण गरेको छ।
जाडोका बेला हात्तीले घर भत्काएपछि उपशाखाका सभापति गोपाल गिरी, दीप लिम्बू, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले सो सामग्री वितरण गरेका थिए भने ५ नम्बर वडा कार्यालयले एक/एक बण्डल टिन राहत स्वरूप प्रदान गरेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]