१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

अफगानिस्तानबाट १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट दिल्लीसम्म पुगे

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०७, २०८२

नयाँदिल्ली । आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको समाचार संस्थाहरूले जानकारी दिएका छन्।

अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उडान भरेको थियो। उक्त जहाज बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो।

सञ्चार माध्यमहरूका अनुसार अवतरणपछि एयरलाइन्सका कर्मचारीहरुले फ्लाइटनजिक एक बालक घुमिरहेको देखे। उनीहरूले तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले उनलाई हिरासतमा लिए र प्रहरीलाई सुम्पिए।

सञ्चार माध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइटको ल्यान्डिङ गियरमा बसेको बयान दिएका छन्। ती अफगानी बालको नाम र विवरण खुलाइएको छैन।

ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै जहाजको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको अधिकारीहरुले जानकारी दिएका छन्।

ती बालकलाई आइतबार नै सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ।

सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ। ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्ने र अक्सिजन पनि निकै कम हुँदा केही क्षणमै मानिस बेहोस हुने वा मृत्यु हुनेसम्मको सम्भावना हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!