१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

ओली सरकारले गरेका सम्पूर्ण राजनीतिक नियुक्तिहरु धमाधम बदर गर्दै,कार्की सरकार

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०७, २०८२

काठमाडौं । अन्तरिम सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी गरेको छ । विभिन्न संवैधानिक निकाय तथा राजदूत नियुक्तिहरूमा सरकारले बोल्ड निर्णय गर्न लागेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीनिकट स्रोतले दिएको जानकारीअनुसार अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाउने र संवैधानिक नियुक्तिहरू पनि बदर गर्ने तयारी भएको हो । तर, त्यसका लागि केही समय लाग्ने पनि बताइएको छ । मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै उक्त विषयले प्राथमिकता पाउने पनि स्रोतको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका व्यक्तिहरूलाई फिर्ता बोलाउने बारेमा गृहमन्त्री ओमप्रकाश अर्यालले आफूनिकटसँग पहिला नै बताइसकेका थिए । अर्यालले दलले नियुक्त गरका व्यक्तिलाई निरन्तरता दिए चुनाव निष्पक्ष नहुने सुनाउँदै आएका छन् । सोहीकारण सरकार राजनीतिक नियुक्तिहरू बदर गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।

संवैधानिक निकायहरू निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसान्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, समावेशी आयोग, थारु आयोग, मधेशी आयोग, दलित आयोग, मुस्लिम आयोगलगायत रहेका छन् । ती आयोगमा ओलीले चार वर्षअघि अध्यादेशमाफर्त नियुक्ति गरेका थिए । ती नियुक्तिको विषयमा सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो । उक्त मुद्दाको फैसला गत २८ जेठमा भएको थियो । संवैधानिक निकायमा भएको नियुक्ति बदर गर्न माग गर्दै मुद्दा दायर गर्ने अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल नै थिए ।

त्यसैले, अहिले ती नियुक्तिहरू बदर गर्ने सम्भावना रहेको सिंहदरबारमा चर्चा भइरहेको छ । गत साउनमा सिसारिस भएका विभिन्न ११ देशका राजदूत पनि फिर्ता गर्ने सम्भावना छ । दलले पठाएका राजदूत फिर्ता गर्ने र कर्मचारीबाट गएका राजदूतलाई भने निरन्तरता दिने पक्षमा रहेको पनि बताइएको छ ।

त्यसो त, नयाँ सरकारलाई संवैधानिक परिषद्सम्बन्धी ऐनले पनि समस्या बनाएको छ । संवैधानिक परिषद् संशोधनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । उक्त संशोधित विधेयक संसदबाट पारित भएको भए प्रधानमन्त्री कार्कीलाई सहज हुने थियो । अहिलेकै अवस्थामा भने संवैधानिक निकायको नियुक्तिमा जटिलता हुने कर्मचारी स्रोतले उल्लेख गरेको छ ।

हुन पनि संवैधानिक परिषद‌्मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रियसभामा अध्यक्ष र विपक्षी दलको नेता सदस्य हुने व्यवस्था रहेको छ । अहिले विपक्षी दलको नेता हुने छैनन् भने सभामुख देवराज घिमिरे र राष्ट्रियसभाको अध्यक्ष नारायण दाहालको भूमिका कस्तो हुन्छ ? भन्ने पनि चासोको विषय रहेको छ । उनीहरूको सहयोग नभए संवैधानिक परिषद्को बैठक नै प्रभावित हुने अवस्था रहेको छ ।
शिलापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!