२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

विराटनगरबाट स्रोत नखुलेको साढे १४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०७, २०८२

मोरङ । भारतबाट नेपाल ल्याउँदै गरेको १४ लाख ५० हजार रुपैयाँ प्रहरीले मंगलबार बरामद गरेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विराटनगर महानगरपालिका–१७ बाट ठुलो मात्रामा रकम बरामद गरिएको जानकारी दिइन्। प्रहरीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को३८प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाइछिपाइ ल्याएको रकम फेला परेको चुँडालले बताइन्।

उनका अनुसार बरामद भएको १ हजार दरका २ सय ८४ र ५ सय दरका २ हजार ३ सय ३२ वटा नोट छन्। उक्त रकमको स्रोत खुलाउन नसकेपछि साहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!