१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

विराटनगरबाट स्रोत नखुलेको साढे १४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०७, २०८२

मोरङ । भारतबाट नेपाल ल्याउँदै गरेको १४ लाख ५० हजार रुपैयाँ प्रहरीले मंगलबार बरामद गरेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विराटनगर महानगरपालिका–१७ बाट ठुलो मात्रामा रकम बरामद गरिएको जानकारी दिइन्। प्रहरीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को३८प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाइछिपाइ ल्याएको रकम फेला परेको चुँडालले बताइन्।

उनका अनुसार बरामद भएको १ हजार दरका २ सय ८४ र ५ सय दरका २ हजार ३ सय ३२ वटा नोट छन्। उक्त रकमको स्रोत खुलाउन नसकेपछि साहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!