२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

एक अरब हिनामिना रेमिट कारोबार गर्ने प्रभु बैंकका विप्रेषण विभागका प्रमुख शाक्य पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २४, २०८२

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पु¥याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका—११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी बैङ्किङ कसुर गरेको ब्यूरोले आरोप छ ।

रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसको नाममा नियम विपरित अर्बौ रकम दिई त्यसबापत नियमानुसार ब्याजसमेत नलिई बैङ्कलाई रु एक अर्बभन्दा बढी रकम नोक्सानी पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

ब्यूरोले नियम विपरित ‘सुपर एजेन्ट’ बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिई उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भए पनि स्वार्थ समूहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा यसअघि बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!