२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

आरजु राणा देउवाले जेनजी आन्दोलनमा आफ्नो घरमा पैसा जलेको भन्ने खबर झुटो भएको दाबी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित आफ्नो निवासमा भएको आगजनीमा पैसा जलेको भन्ने खबर झुटो भएको दाबी गरेकी छन् ।

जेनजी आन्दोलनमा भइरहदा बेलैमा सेना परिचालन नगरेकोले जनधनको क्षति भएको भन्दै आरजुसहित केही राजनीतिक दलहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो ।

उक्त मुद्दामा लिखित जवाफ पेश गर्दै विभिन्न सञ्चारमाध्यम फैलाइएको उक्त खबर झुटो भएको दाबी गरेकी हुन् ।

‘म तथा मेरो पति नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्ने व्यहोरा उल्लेख गरी दोषारोपण गरिएको छ । जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने फैलाइएका अफवाहको सरकार र सम्बन्धित निकायबाट जाँचबुझ भै क्षतीको मुचुल्का समेत भै गएको अवस्था छ । आशंकामा आधारित पूर्वाग्रही आरोपयुक्त रिट निवेदन खारेज गरी पाउँ,’ उनले लिखित जवाफमा भनेकी छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!