१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

जेनजी आन्दोलनमा अभिलेख जलेपछि बाँके यातायातको कामकाज अस्थायी संरचनाबाट

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २८, २०८२

बाँके । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् ।

बाँकेको यातायात व्यवस्था कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको आगलागीले करिब ९५ प्रतिशत कागजात जलेर भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

कार्यालयले अस्थायी रूपमा सडक विभागको भवनबाट सेवा सञ्चालन गर्दै आएको छ र डिजिटल प्रणालीका कारण अभिलेख पुनःनिर्माण प्रक्रिया अघि बढाइरहेको छ।

भविष्यमा कार्यालयले सम्पूर्ण अभिलेख डिजिटलाइजेसन, नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण प्रणाली र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेको छ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ।

आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् ।

हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको छ। कार्यालयका निमित्त कार्यालय प्रमुख कालिदास बस्यालका अनुसार आन्दोलनका क्रममा भएको आगजनीले सेवा कक्ष, अभिलेख कक्ष, कम्प्युटर, प्रिन्टर, सर्भर प्रणाली तथा फर्निचरमा व्यापक क्षति पुगेको छ ।

‘भौतिक संरचनाभन्दा पनि कागजातको क्षति गम्भीर छ। करिब ९५ प्रतिशत अभिलेख जलेका छन्’, उनले भने । आगलागीपछि सेवा पूर्ण रूपमा ठप्प नहोस् भन्ने उद्देश्यले कार्यालयलाई तत्काल सडक विभागको भवनमा सारेर अस्थायी रूपमा सञ्चालन गरिएको हो। तर अस्थायी संरचनाबाट सेवा दिँदा स्थान अभाव, सीमित काउन्टर, प्रविधिगत समस्या तथा सेवाग्राहीको चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको कार्यालयका प्रमुख बस्यालले जानकारी दिए।

यद्यपि, यस्ता कठिनाइबीच पनि सवारीसाधन नवीकरण, सवारी दर्ता, सवारी कर सङ्कलन तथा चालक अनुमतिपत्र नवीकरणजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालन भइरहेका छन् । उनका अनुसार सीमित स्रोतसाधनमै भए पनि सेवाग्राहीलाई असुविधा नहोस् भन्ने प्रयास गरिएको छ।

कागजात नष्ट भएपछि अभिलेख पुनःनिर्माण कार्यालयका लागि अर्को ठुलो चुनौती बनेता पनि सेवा प्रणाली डिजिटल रहेकाले केन्द्रीय सर्भरमा सुरक्षित रहेका विवरणले राहत दिएको प्रमुख बस्यालको भनाइ छ।

‘लाइसेन्स र सवारी दर्तासम्बन्धी धेरै विवरण डिजिटल रूपमा सुरक्षित रहेकाले त्यसैको आधारमा अभिलेख पुनःनिर्माणको प्रक्रिया अघि बढाइएको छ’, उनले भने । साथै सेवाग्राहीसँग रहेका प्रतिलिपि र अन्य कार्यालयका अभिलेखको सहायताले पुनःप्रमाणिकरण गरिने प्रमुख बस्यालले जानकारी दिए।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यालयले सम्पूर्ण अभिलेख डिजिटलाइजेसन, नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण प्रणाली, सिसिटिभी जडान तथा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेको उनले बताए । यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको प्रमुख बस्यालको भनाइ थियो।

‘यातायात कार्यालयको स्थायी पुनर्निर्माणका विषयमा पनि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ’, उनले भने, ‘क्षति मूल्याङ्कनको विस्तृत प्रतिवेदन तयार भएपछि नयाँ भवन निर्माण र बजेट विनियोजनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।’ प्रमुख बस्यालले स्थायी संरचना तयार नहुन्जेलसम्म अस्थायी कार्यालयबाटै सेवा सञ्चालन हुने जानकारी दिए ।

अस्थायी अवस्थाका कारण केही असुविधा भए पनि कार्यालयले सेवाग्राहीलाई संयम अपनाउन आग्रह गरेको छ। ‘कठिन परिस्थितिमा पनि सेवा निरन्तरता दिन हामी प्रतिबद्ध छौँ’, उनले भने, ‘अस्थायी अवस्थालाई बुझेर सहकार्य गरिदिन सबै सेवाग्राहीमा अनुरोध गर्दछु।’ उनका अनुसार सुदूरपूर्व ताप्लेजुङ र इलामबाट पनि सेवा लिन बाँकेको यातायात कार्यालयमा सेवाग्राही आउने गरेका छन्।

अस्थायी कार्यालयमा आएका सेवाग्राहीले कार्यालयको व्यवस्थापन र कर्मचारीको सहयोगलाई सराहना गरेका छन्भने केही सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । कार्यालयले त्यसलाई ध्यानमा राख्दै सेवाग्राहीलाई पहिले नै आवश्यक कागजात र डिजिटल प्रतिलिपि लिएर आउन सुझाव दिएको छ।

कर्मचारीले अस्थायी कार्यालयमा विभिन्न सेवा प्रक्रिया फरक तर व्यवस्थित रूपमा सञ्चालन गरेका छन् । सवारी दर्ता तथा लाइसेन्स नवीकरणमा प्रत्येक सेवाग्राहीलाई क्रमबद्ध रूपमा सेवा दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । यसले समय बचत भएको र चाप व्यवस्थापनमा मद्दत पुगेको प्रमुख बस्यालले बताए ।

‘आगलागीले क्षतिग्रस्त अभिलेख पुनर्निर्माणको प्रक्रिया निकै चुनौतीपूर्ण भए पनि डिजिटल प्रणाली र सेवाग्राहीसँग उपलब्ध प्रतिलिपिले काम सहज बनाएको छ’, उनले भने, ‘कार्यालयले आगामी वर्षसम्म सबै अभिलेखलाई पूर्ण रूपमा डिजिटलाइजेसन गर्ने योजना पनि अघि सारेको छ।’ यसअन्तर्गत नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण उपकरण र सिसीटिभी जडान गरेर भविष्यमा यस्ता घटनाबाट सुरक्षा सुनिश्चित गर्ने तयारी छ ।
साथै, कार्यालयले अस्थायी संरचनामा सेवा दिँदै पनि सेवाग्राहीलाई प्राथमिकता दिँदै न्यूनतम असुविधा सुनिश्चित गरेको छ । यसबीच कर्मचारीले सेवाग्राहीलाई आवश्यक जानकारी उपलब्ध गराउने, आवश्यक दस्तावेजको प्रतिलिपि जाँच गर्ने र प्रक्रियालाई स्पष्ट रूपमा बुझाउने काममा निरन्तर ध्यान दिँदैआएका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!