२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

भारत–नेपाल सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै वीरगञ्जमा भारतीय महावाणिज्य दूतावासद्वारा शास्त्रीय नृत्य कार्यक्रम सम्पन्न

Logo
राहुल गुप्ता प्रकाशित आइतबार, मंसिर २८, २०८२

 

पर्सा । भारतको महावाणिज्य दूतावास, वीरगञ्ज तथा भारतीय राजदूतावास, काठमाडौंको पहलमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR), नयाँ दिल्लीको सहकार्यमा भारतीय शास्त्रीय नृत्य कार्यक्रम वीरगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ।

हेटौंडाको शेष रोडस्थित पूजाबुटीकमा आयोजित उक्त कार्यक्रममा भारतबाट आमन्त्रित प्रख्यात शास्त्रीय नृत्यांगना महोदया सन्तुषा मनोहर र उनको समूहले ओडिसी नृत्य प्रस्तुत गर्नुभयो। धार्मिक देवताहरूमा आधारित भावपूर्ण, सजीव र सौन्दर्यपूर्ण नृत्य प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका १०० भन्दा बढी कला–प्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको अर्को प्रस्तुति आगामी डिसेम्बर १४, २०२४ मा जनकपुरधाममा आयोजना गरिने जानकारी पनि प्रदान गरिएको छ।

कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बसन्त अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै मकवानपुर जिल्लाका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवाली, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गी लगायत अन्य विशिष्ट अतिथिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख तथा विशिष्ट अतिथिहरूबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो। स्वागत मन्तव्य व्यक्त गर्दै वीरगञ्जस्थित भारतका महावाणिज्य दूत श्री डी. एस. मीनाले भारत र नेपालबीचको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध अत्यन्तै गहिरो र बहुआयामिक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रमहरूले दुई देशबीचको आपसी समझदारी, मित्रता र जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शास्त्रीय कला र संस्कृतिको आदान–प्रदानले भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने तथा दुवै देशका नागरिकबीचको भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमसँग सम्बन्धित केही तस्बिरहरू उपयुक्त प्रयोजनका लागि संलग्न गरिएको जानकारी भारतको महावाणिज्य दूतावास, वीरगञ्जले दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!