१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

पर्साका प्रहरी प्रमुख एसपी पाठकको सक्रियताले अपराध नियन्त्रणमा देखिएको प्रभाव,

Logo
राहुल गुप्ता प्रकाशित आइतबार, मंसिर २८, २०८२

पर्सा । प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको सक्रिय नेतृत्वमा जिल्लामा सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार देखिएको छ। सीमावर्ती क्षेत्रका चुनौती, तस्करी, हुन्डी कारोबार र अन्य आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै उनले प्रहरी प्रणालीलाई छिटो, परिणाममुखी र पारदर्शी बनाउने प्रयास तीव्र रूपमा अघि बढाएका छन्।

प्रहरी कार्यालयभित्र बिचौलियाको दखललाई समाप्त गर्ने पहलमा एसपी पाठक विशेष रूपमा केन्द्रित छन्। उनले भने, विगतमा बिचौलियाको चलखेलले अनुसन्धान प्रक्रिया प्रभावित हुने मात्र नभई नागरिकमा डर, अविश्वास र भ्रम सिर्जना गरेको थियो। अहिले पीडित नागरिकले सिधै प्रहरी कार्यालयमा पुगेर न्यायको माग गर्न सक्ने वातावरण तयार गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सेवा अनुभव हासिल गरेपछि पर्सामा कमाण्डर बनेका एसपी पाठक इमान्दारिता, पारदर्शिता र जनमुखी कार्यशैलीलाई प्राथमिकतामा राख्छन्। उनले नयाँ पुस्ताका अधिकृतहरूलाई जिम्मेवार र सचेत हुन जोड दिएका छन् ताकि गलत सिफारिस वा प्रशासनिक त्रुटिका कारण अन्याय नहोस्।

सीमावर्ती वीरगंज क्षेत्रमा सम्भावित अपराध रोकथामका लागि विशेष कार्ययोजना लागू गरिएको छ। समाजमा देखिएका बेथिति, विकृति र गलत संस्कारको नियन्त्रण तथा अन्त्यका लागि प्रहरी र समुदायको सहकार्य अपरिहार्य रहेको उनले बताएका छन्।

एसपी पाठकको सक्रिय नेतृत्वमा पर्सा प्रहरीले सूचना संकलन, गस्ती, घटनास्थलमा छरितो प्रतिक्रिया र नियमित निगरानीमा जोड दिँदै आएको छ। हुन्डी कारोबार र अवैध गतिविधिमा संलग्न व्यक्तिहरूमा पनि प्रहरीको दमनात्मक उपस्थितिले सुरक्षा वातावरणलाई थप मजबुत बनाएको स्थानीयवासीहरूले बताएका छन्।

स्थानीयवासी र व्यापारीहरूले हालका प्रहरी गतिविधि प्रभावकारी र जनमुखी रहेको प्रतिक्रिया दिएका छन्। जनसहभागिता, सूचना प्रणालीको प्रभावकारी प्रयोग र प्रत्यक्ष संवादमार्फत पर्सामा सुरक्षाबोध बढिरहेको प्रहरी र समुदाय दुवै पक्षले जनाएको छ। एसपी पाठकको नेतृत्वमा जिल्लामा सुरक्षा व्यवस्थाको सुधार निरन्तर जारी रहने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!