०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

फागुन २१ चुनाब अघि छुट्ने रवि लामिछाने स्वर्णिम वाग्लेको दाबी

Logo
ABC-Sanchar प्रकाशित आइतबार, मंसिर २८, २०८२

 

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई जेलबाट छुटाउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको जानकारी दिँदै उनी फागुन २१ को निर्वाचनअघि नै छुट्ने आशा व्यक्त गरेका छन्।

शनिबार बेलुका दाङको तुलसीपुरमा आयोजित नगर भेलालाई सम्बोधन गर्दै विघटित प्रतिनिधिसभा सदस्य वाग्लेले आगामी निर्वाचनमा लामिछाने आफूहरूसँगै चुनावी प्रचारमा हिँड्ने बताए।

‘रवि लामिछानेलाई पन्छाइयो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अलि सुस्त बनाउन सकिन्छ भन्ने खराब मनसायले जुन अधिक अभियोजन गरिएको छ, त्यसमा सच्याइदिनुहोस्, प्रतिशोधको राजनीति अन्त्य भएको नेपाली जनताले देख्न पाउनुपर्छ भनेर हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गरेका छौं,’ वाग्लेले भने, ‘सम्माननीय न्यायमूर्ति रहिसक्नु भएका सुशीला कार्कीबाट यसलाई सच्याउने पहल होला भन्ने हामीले अपेक्षा गरेका छौं।’

शैक्षिक संस्थादेखि देशका हरेक क्षेत्रमा राजनीतीकरण तथा दलीयकरण मात्र नभई राज्यका भएभरका संस्थामा दलका ‘झोले’ हरू छिराएर दोहन भइरहेको आरोप पनि वाग्लेले लगाए। आगामी निर्वाचनबाट जनताले त्यो दोहनको प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताए।

रास्वपाले चुनाव जित्ला भनेर नै सभापति लामिछानेलाई सास्ती दिइएको वाग्लेले दाबी गरे। यसपाली सरकार बनाउने गरि जनताले रास्वपालाई भोट दिनुपर्ने उनले बताए ।

‘हामीले न्यायालयको प्रक्रियामा त्यति भाँजो हाल्न वा दख्खल दिन चाहेका छैनौं। न्यायालयप्रति अझै आशा र भरोसा छ। तर अधिक अभियोजन भयो है भनेर सचेत गराउँदै आएका छौं,’ वाग्लेले भने, ‘उहाँविरूद्ध अधिक अभियोजन भयो, सहकारी ठगीसम्मको मुद्दालाई हेर्न सकिन्थ्यो।’

उनले अगाडि भने, ‘सूर्य थापा नेतृत्वको छानबिन समितिले तीन महिना लगाएर १२ सय पेजको प्रतिवेदन ल्याए पनि रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता भेटिएन।’

खर्चिलो र भड्किलो राजनीति भत्काउन रास्वपालाई ठूलो संख्यामा संघीय संसदमा पठाउन पनि उनले आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!