०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

शिवशक्ती माध्यमिक विद्यालय भौवा नाकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Logo
सागर रोका प्रकाशित आइतबार, मंसिर २८, २०८२

दाङ । राजपुर गाउँपालिका वडा नं.७ स्थित शिवशक्ती माध्यमिक विद्यालय भौवा नाकामा बुधबारदेखि संचालन भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे ।

राजपुर गाउँपालिकाको आयोजनामा र सोही नाकामा रहेको  शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनको समन्वयमा  संचालन भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र रुपमा विजेताको रनिङ शिल्डहरु हात पार्न सफल भएको थियोे ।

भने जसमा जनज्योति मटेरियाले १० स्वर्ण ७ रजत र २ काश्य सहित अग्रस्थान हासिल गर्‍यो । सोहीअनुसार साधारण माध्यमिक विद्यालय सालभौरीले ८ स्वर्ण ३ रजत र ९ काश्यसहित दोस्रो उत्कृष्ट भने थियोे ।

त्यस्तै माध्यमिक विद्यालय दुलैयाले ४ स्वर्ण ९ रजत र ६ काश्य प्राप्त गर्दै तेश्रो प्रभावकारी प्रदर्शन गरेको हो ।

त्यस्तै गरेर अन्य विद्यालयहरुको पदक स्थिति क्रमश रुपमा  श्री गौरीशंकर मा.वि भैंसाहीनाकाले २ स्वर्ण २ रजत २ र श्री शिवशक्ति मा.वि भौवानाकाले २ स्वर्ण ३ रजत १ र बालकल्याण खाङ्ग्रानाकाले १ स्वर्ण १ रजत ४ र श्री माध्यमिक विद्यालय सिक्टाले १ स्वर्ण ४ रजत २ र ज्योति आधारभूत गुरुङखोलाले १ स्वर्ण १ रजत श्री शंकर माध्यमिक विद्यालय खरदरियाले ३ रजत ४ र युगवोद्ध आधारभूत सुनपथरी नाकाले १ रजत पदक जितेता रहेको थियोे ।

भने त्यस्तै मार्चपास तर्फ माध्यमिक विद्यालय सिक्टा प्रथम घोषित भएको थियोे । भने जनज्योति मटेरिया द्वितीय र बालकल्याण माध्यमिक विद्यालय खाङ्ग्रानाका तृतीय हुन सफल भएका थिए ।

यस्तै गरेर चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राजपुर गाउँपलिका वडा नं.७ भौवा नाकामा रहेको शिवशक्ती माध्यमिक विद्यालमा चौथो राष्ट्रपति रनिङ शिल्डमा सहभागी सबै विद्यालय तथा बिजेता खेलाडी र सम्पुर्ण विद्यालयका शिक्षकहरु लगायत सम्पुर्ण विद्यार्थी भाइबहिनीहरु खेलमा सहभागी भएर आफ्नो खेल प्रति मर्यादित रुपमा खेललाई सफल बनाएको भन्दै राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुदाथोकीले शुभकामना व्यक्त दिनु भएको थियोे ।

त्यस्तैगरेर राजपुर गाउँपालिकाका शिक्षा शाखा अधिकृत बासु खनालले खेल सफल बनाउनको लागी आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउने सम्पूर्णप्रति आभार प्रकट गर्दै  चौथो राष्ट्रपति रनिङ शिल्ड खेलले राजपुरको दुर्गम क्षेत्र नाकाका विद्यार्थीको प्रतिभा र प्रदर्शन र खेलकुदप्रतिको चासो महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी दिनहरुमा अझै व्यवस्थित र प्रभावकारी बनाएर अगाडी बदाउने प्रतिवद्धता समेत अधिकृत बासु खनालले जनाउनु भएको थियोे ।

राजपुर गाउँपालिकाको नाका क्षेत्रमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेललाई सव्य र भव्य रुपमा व्यवस्थापन गरेको भन्दै शिवशक्ती माध्यमिक विद्यालयका अध्यक्ष लगायत सोही विद्यालयका शिक्षक शिक्षिका र त्यहाँका स्थानीयहरुलाई राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुदाथोकीले विशेष गरेर धन्यवाद दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!