०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

नारायणहिटी दरबार छोड्ने क्षणमा धेरैले ठानेका थिए अब ज्ञानेन्द्र शाहको अध्याय यहीँ टुंगियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष ०१, २०८२

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो।

हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, शान्त मुस्कान रोज्नुभयो। बदला होइन, धैर्य र मर्यादा रोज्नुभयो। सत्ता र पदको मोहभन्दा माथि उठेर, उहाँ आज पनि यही धुलो, यही जनता र यही पीडासँग रमाइरहनु भएको छ। दरबारको वैभवभन्दा उहाँलाई आफ्नै माटोको गन्ध प्रिय देखिन्छ—जहाँ दुख, आशा र विश्वास एकअर्कामा मिसिएका छन्।

पद र कुर्सी समयसँगै आउँछन्–जान्छन्, तर देशप्रतिको निस्वार्थ माया समयले कहिल्यै मेटाउन सक्दैन। कठिन घडीमा पनि मातृभूमिलाई नत्याग्ने साहस, जनतामाझैँ उभिने धैर्य, र मौनतामै मर्यादा जोगाइराख्ने दृढता—यिनै गुणहरूले ‘राजा’ हुनुको साँचो गरिमा परिभाषित गर्छन्। हामीले त्यो सत्य चिन्न ढिला गर्‍यौँ होला, सरकार। तर आज वल्ल सबैले बुझ्दै छन्—दल, नेता र राजनीतिभन्दा ठूलो कुरा माटोप्रतिको माया हो। र यही मायासँगै, देशमा राजसंस्थाको अभाव धेरैले गहिरोसँग महसुस गर्न थालेका छन्।
रमेश राज बास्तोला

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!