०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

धनगढीमा महिला पत्रकार रमा चन्दलाई रिपोर्टिङको क्रममा दुव्र्यवहार गर्ने मनीष श्रेष्ठ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष ०१, २०८२

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक रहेको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले बताए ।

महोत्सवको प्रत्यक्ष प्रसारण गरिरहेका बेला शनिबार पछाडिबाट चन्दलाई नियतवश धक्का दिएको भिडियोमा देख्न सकिन्छ । घटनाप्रति पत्रकार महासंघले आपत्ति जनाउँदै संलग्नलाई कारबाहीको माग गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!