१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

सल्यानमा बाघको आक्रमणका घटनाहरु बढ्दै स्थानीयहरु त्रास बाघले ८ वटा भेडा बाख्रा मार्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २७, २०८२

सल्यान । बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ । शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ वटा भेडा–बाख्रा मारेको छ ।

स्थानीयका अनुसार चरिचरणका लागि जङ्गल लगिएका पशुचौपायामाथि बाघले आक्रमण गर्दा ६ वटा बाख्रा र २ वटा भेडा मरेका हुन् । जिल्ला समन्वय समिति सल्यानका सदस्य तथा स्थानीय बासिन्दा चेतन गिरिले सुनचौरका विभिन्न किसानका पशुचौपाया बाघको आक्रमणमा परेको जानकारी दिए । उका अनुसार सुनचौर निवासी किसान विनोद घर्तीका तीन वटा बाख्रा, जरसिंह घर्तीका दुई वटा बाख्रा, रुपसिंह पुनका एउटा बाख्रा तथा दलबहादुर पुनका दुई वटा भेडा बाघले मारेको हो ।

स्थानीय ज्योति पुनका अनुसार चरिचरणका लागि जंगल लगिएका बाख्रा अबेरसम्म घर नफर्किएपछि गाउँलेहरू खोजीमा गएका थिए । खोजीका क्रममा जंगलमा बाघले मारेको अवस्थामा पशुचौपाया फेला परेका थिए । गाउँलेहरूले घटनास्थलमा बाघकै आक्रमण भएको बताएका छन् ।

गमबहादुर पुनका अनुसार स्थानीयहरू घटनास्थल पुग्दा बाघले मारेका बाख्रा खाँदै गरेको देखिएको थियो । मानिसहरू पुगेपछि बाघ जंगलतिर भागेको उनले बताए ।

पछिल्लो समय सल्यान जिल्लाका विभिन्न स्थानमा बाघ तथा चितुवा देखिएको भन्दै स्थानीयहरूले जानकारी दिन थालेका छन् । यसले ग्रामीण क्षेत्रका बासिन्दामा डर र असुरक्षा बढाएको छ । पशुचौपाया चराउन जंगल लैजान, घाँस–दाउरा संकलन गर्न जंगल जान तथा एक्लै हिँडडुल गर्नसमेत स्थानीयहरू त्रसित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]