२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

दाङ प्रहरीद्वारा ब्राउन सुगर पैसासहित ४ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २७, २०८२

दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित न्यू मनकामना गेष्ट हाउसमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रोल्पा त्रिवेणी गाउँपालिका-२ नुवागाउँ घर भई हाल घोराही-१४ सरस्वती टोल बस्ने ३१ वर्षीय हिरामणी घर्ती, रोल्पा माडी गाउँपालिका-७ मिसिडाँडा घर भई हाल घोराही-१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढा मगर, घोराही-१४ नवजलजला टोल बस्ने २६ वर्षीय बिनय डाँगी र रोल्पा त्रिवेणी गाउँपालिका-२ नुवागाउँका २४ वर्षीय धोजबहादुर घर्ती रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट साना-साना पुडियामा राखिएको १७५ पुडिया लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थको शुद्ध तौल ६० ग्राम ३२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। साथै उनीहरूको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ ३५ हजार ८ सय ३५ रुपैयाँ पनि बरामद गरिएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा दाङ जिल्ला अदालत घोराहीबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रत्यक्ष तर्फ दाङका तीन वटै निर्वाचन क्षेत्र ‘क्लिन स्वीप’ गरेको राश्वपाले जिल्लामा समानुपातिक तर्फपनि सबै भन्दा बढी मत प्राप्त गरेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा समानुपातिकतर्फ दुई लाख ४३ हजार ७९ मत गणना भएको थियो । त्यसमध्ये रास्वपाले एक लाख ३१ हजार एक मत प्राप्त गरेको […]

काठमाडौं । बीबीसीको डकुमेन्ट्री र कार्की आयोगको प्रतिबेदनमा केतिपय समानता देखिएको छ। बीबीसीको डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पिटर १’ नामक कल साइन प्रयोग गरी प्रदर्शनकारी माथि घातक बल प्रयोग गर्न आदेश दिएको उल्लेख छ। कार्की आयोगको प्रतिबेदनमा पनि प्रहरीले अमानवीय बल प्रयोग गरेको उल्लेख छ । नेता बचाएर प्रहरीलाई दोष दिने भन्ने आरोप […]

दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित न्यू मनकामना गेष्ट हाउसमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेहरूमा रोल्पा त्रिवेणी गाउँपालिका-२ नुवागाउँ घर भई हाल घोराही-१४ सरस्वती टोल बस्ने ३१ वर्षीय हिरामणी घर्ती, रोल्पा माडी गाउँपालिका-७ मिसिडाँडा घर भई हाल घोराही-१५ रतनपुर […]

error: Content is protected !!