१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, चैत्र ०३, २०८२

काठमाडौं । झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ।

अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तयारी भइरहँदा मन्त्री चयनका विषयमा भने दुई नेताबीच कुरा मिल्न सकेको छैन। बालेनले सरकार गठनमा आफूलाई सहज हुने गरी मन्त्री चयन गर्न पाउनु पर्ने पक्षमा रहेका छन्।

स्रोतका अनुसार वरिष्ठ नेता बालेनले सभापति रविलाई ‘तपाईं पार्टी चालाउनु, मलाइ सरकार चलाउन दिनु’ भन्ने प्रस्ताव गरेका छन्। मन्त्रालय घटाएर सरकार गठन गर्ने तयारीमा रहेका बालेनले मन्त्री चयन आफूलाई अनुकुल हुने गरी गर्न दिन रवि समक्ष प्रस्ताव गरेका छन्।

रविले भने आफू तत्काल सरकारमा सहभागी नुहने अवस्थामा आफू निकट नेताहरुलाई महत्वपूर्ण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयमा पठाउन चाहेका छन्। रवि निकट स्रोतका अनुसार उनले गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रम मन्त्रालय आफू निकट नेताहरुलाई दिनुपर्ने अडान राखेका छन्।

तर बालेनले भने गृहमन्त्र र अर्थ आफ्ना विश्वासपात्रलाई बनाउन चाहेका छन्। महत्वपूर्ण मन्त्रालय बाँडफाँटका विषयमा यी दुई नेताबीच कुरा मिल्न नसकेको छैन। बालेनले प्रधानन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आफू अनुकुल मन्त्रिपरिषद गठन गर्नु पाउनु पर्ने र त्यसो भएको अवस्थामा मात्रै चाहे अनुसारको काम गर्न सकिने दाबी गर्दै आएका छन्।

‘चैतको दश गतेभित्र बालेन प्रधामन्त्री भइसक्नुहुनेछ, त्यही दिन नै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी सभापति र वरिष्ठ नेताबीच छलफल जारी छ,’ रास्वपाका एक नेताले भने, ‘मन्त्री चयन पनि आपसी सहमतिमा नै हुन्छ। अहिले उहाँहरु त्यसैको गृहकार्यमा हुनुहुन्छ।’

जनताको अपार समर्थन पाएको रास्वपा सरकार गठनको अन्तिम तयारीमा रहेको छ। बोलन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका नभएपनि मन्त्री चयनका विषयमा रवि बालेनको आआफ्नै स्वार्थका कारण नाम टुंगो लगाउन सकम भइरहेको स्रोतको दाबी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!