२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

रक्षात्मक सवारी चालन तथा सामान्य मर्मत संभार’ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ३०, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा सवारी चालकको रुपमा कार्यरत रही सवारी चालन गरिरहेका प्रहरी कर्मचारीहरुलाई ‘चालकको परिचय तथा काम, कर्तव्य, सावधान रहने अवस्था, चालकबाट हुने गल्तीहरु, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएका प्रावधानहरु तथा सामान्य मर्मत संभार’ समेत समावेश भएको १ दिन अवधिको ‘रक्षात्मक सवारी चालन तथा सामान्य मर्मत संभार’ सम्बन्धी अनुशिक्षण (सैद्धान्तिक तथा व्यवहारीक) कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]