काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई महानिरीक्षक(आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीपी पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पौडेललाई सशस्त्र प्रहरी बलको आईजीपीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए ।