१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न,

Logo
तुलबहादुर कवँर मगर प्रकाशित बुधबार, आषाढ १७, २०८३

दाङ । मसुरिया, राप्ती गाउँपालिकामा मगर भाषा संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा मातृभाषाप्रति जागरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको १० दिने मगर भाषा प्रशिक्षण बुधबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका–८ पिपरीमा नेपाल मगर संघ राप्ती गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भाषा, कला र संस्कृति समुदायको पहिचान तथा अस्तित्वको आधार भएकाले मातृभाषा संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई मातृभाषासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै गाउँपालिका भाषा तथा संस्कृतिको संरक्षणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

“मगर भाषा हाम्रो पहिचान, मगर लिपि हाम्रो गरिमा” भन्ने नारासहित सञ्चालन गरिएको प्रशिक्षणमा २७ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई मगर भाषाको आधारभूत ज्ञान, लिपि, लेखन तथा बोलचाल सम्बन्धी सीप प्रदान गरिएको थियो।

नेपाल मगर संघ राप्ती गाउँपालिकाका अध्यक्ष हिरा बहादुर झाक्री मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणको सहजीकरण मगर लेखक संघ केन्द्रीय भाषिक उपाध्यक्ष इराधा झाक्री मगरले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]