१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

भेट संयोग हो, तर विदाइ जीवनको अनिवार्य सर्त ।

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १७, २०८३

दाङ । आज गंगा माध्यमिक विद्यालय, घोराही–२ रामपुरका माध्यमिक तह नेपाली विषयका शिक्षक रोशनी केसीलाई औपचारिक रूपमा विदाइ गर्दा मन असाध्यै भारी भयो ।

करिब सात महिना अघि हामी एउटै दिन यस विद्यालयमा सेवा प्रवेश गरेका थियौँ । छोटो समय भए पनि एउटै परिवारका सदस्यझैँ सँगै काम गर्ने, सिक्ने, हाँस्ने र विद्यालयका अनेकौँ सुख-दुःख बाँड्ने अवसर मिल्यो । त्यसैले आजको विदाइ केवल एउटा औपचारिक कार्यक्रम रहेन, मनका धेरै सम्झनाहरूलाई एकैचोटि झस्काउने क्षण बन्यो ।

उहाँ आज सम्भावनाको नयाँ खोजीमा नयाँ यात्रातर्फ अघि बढ्नुभएको छ । जीवनको बाटो यस्तै रहेछ । कहिले मिलनका फूलहरू फुलाउँछ, कहिले बिछोडका पीडाहरू पनि सुम्पिन्छ । तर असल मानिससँग बिताएका क्षणहरू कहिल्यै ओझेल पर्दैनन् । ती सम्झनाका रूपमा सधैँ मनमा जीवित रहिरहन्छन् ।

रोशनी म्याम, तपाईंको आगामी यात्रा सफल, सुरक्षित र उपलब्धिमय बनोस् । जहाँ रहनुहुन्छ, त्यहीँ आफ्नो ज्ञान, क्षमता र सरल व्यक्तित्वको उज्यालो फैलाइरहनुहोस् । तपाईंका सबै सपना साकार हुन् भन्ने हार्दिक शुभकामना ।

भेट संयोग थियो । विदाइ अनिवार्य सर्त बन्यो । तर सम्बन्ध दूरीले होइन, सम्झनाले बाँधिरहन्छ ।

हार्दिक शुभयात्रा । उज्ज्वल भविष्यको मंगलकामना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]

  दाङ । घोराहीमा आयोजित एक कार्यक्रमका बीच संघले उनीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो। सम्मान ग्रहण गर्दै सांसदद्वयले दाङ जिल्लाको समग्र आर्थिक विकास, उद्योगी व्यवसायीका समस्या र निजी क्षेत्रको प्रवर्द्धनका लागि आफूले संसदमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्षले नवनिर्वाचित सांसदहरुलाई […]