२१ भाद्र २०८३, आइतबार
06-09-2026 , Sun
×

जताततै पहिरो गएपछी वैकल्पिक बाटोबाट धानिँदै काठमाडौंको आपूर्ति खाद्यान्नलगायतको मूल्य बढन सक्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति भइरहेको छ । पेट्रोलियम पदार्थर् त्रिभुवन राजपथबाट ल्याउने व्यवस्था गरिएको छ । एलपी ग्यास हेटौंडा–बारा–चितवन हुँदै सोही बाटोबाट नै काठमाडौं भित्र्याइएको छ ।

तोकिएको वैकल्पिक बाटोअन्तर्गत ठूला यात्रुवाहक तथा मालवाहक सवारीसाधनले काठमाडौं आउँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । १४ सिटभन्दा कम क्षमताका सवारीसाधन काठमाडौं आउँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं आइपुग्छन् । हेटौंडा फर्किंदा ती सवारीसाधनले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र साहले मुख्य राजमार्ग बन्द भए पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् । पेट्रोल पाइपलाइनमार्फत अमलेखगन्जसम्म आउने र काठमाडौंको दूरी छोटो भएकाले वैकल्पिक बाटो त्रिभुवन राजपथ प्रयोग गरिएको छ । निगमका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकर हेटौंडा–भैंसे–पालुङ–नौबिसे हुँदै काठमाडौं भित्रिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २०९ अन्तर्राष्ट्रिय उडानहरु प्रभावित, एजेन्सी । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। उडान स्थगित हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म […]

काठमाडौँ । पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति भइरहेको छ । पेट्रोलियम पदार्थर् त्रिभुवन राजपथबाट ल्याउने व्यवस्था गरिएको छ । एलपी ग्यास हेटौंडा–बारा–चितवन हुँदै सोही बाटोबाट नै काठमाडौं भित्र्याइएको छ । तोकिएको वैकल्पिक बाटोअन्तर्गत ठूला यात्रुवाहक तथा मालवाहक सवारीसाधनले काठमाडौं आउँदा […]

काठमाडौं । शनिबार नुवाकोटको विदुर नगरपालिका-१०, वेत्रावतीस्थित घरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर काठमाडौँको ल्याइएको छ। ६४ वर्षीया चन्डिका श्रेष्ठको खुट्टामा घाउ देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने भनेपछि त्यसबारे छलफल भइरहेको उनका छोरा आशिष श्रेष्ठले बताए। ‘आमाको खुट्टामा चोट रहेछ। […]