२६ भाद्र २०८३, शुक्रबार
11-09-2026 , Fri
×

दुर्घटनामा वास्तविक चालक जोगाएर अर्कैलाई जेल पठाएको आरोप,तत्कालीन डीएसपी र इन्स्पेक्टर छानबिनमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २६, २०८३

सुर्खेत । सल्यानको पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्स्पेक्टर वीरेन्द्रराज गुरुङसहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायीको भूमिकाबारे बयान तथा अनुसन्धान गरिरहेको छ।

तीन वर्ष कैद सजाय पाएका कर्णबहादुर खड्काले आफूलाई आश्वासन र पैसाको प्रलोभनमा फसाइएको दाबी गरेका छन् भने प्रतिवेदनपछि दोषीमाथि कारबाही र निर्दोषलाई न्याय दिने प्रहरीको प्रतिबद्धता छ।

सल्यान पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको अनुसन्धानमा गम्भीर त्रुटि भएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालीन प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ छानबिनमा तानिएका छन् ।

दुर्घटनाका वास्तविक चालकलाई उन्मुक्ति दिएर आर्थिक प्रलोभनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खडा गरी मुद्दा चलाइएको आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो ।

२०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानको पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्स्पेक्टर वीरेन्द्रराज गुरुङसहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायीको भूमिकाबारे बयान तथा अनुसन्धान […]

चितवन । भरतपुरमा विद्युतीय कार (ईभी) मा एक्कासी आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित भित्री सडकमा रोकिराखेको अवस्थामा रहेको बा.प्र.०१-०३१ च …. नम्बरको ईभी कारमा आज दिउँसो अचानक आगलागी भएको थियो। आगलागीमा परी कारभित्र रहेका भरतपुर-११ बस्ने अन्दाजी ३५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको […]

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी अंकुर जि.सी.ले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँहरुले सेवा प्रवाह, सुरक्षा व्यवस्था र समग्र कार्यसम्पादनको बारेमा जानकारी लिनुभएको थियो।