२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

दुर्घटनामा वास्तविक चालक जोगाएर अर्कैलाई जेल पठाएको आरोप,तत्कालीन डीएसपी र इन्स्पेक्टर छानबिनमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २६, २०८३

सुर्खेत । सल्यानको पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्स्पेक्टर वीरेन्द्रराज गुरुङसहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायीको भूमिकाबारे बयान तथा अनुसन्धान गरिरहेको छ।

तीन वर्ष कैद सजाय पाएका कर्णबहादुर खड्काले आफूलाई आश्वासन र पैसाको प्रलोभनमा फसाइएको दाबी गरेका छन् भने प्रतिवेदनपछि दोषीमाथि कारबाही र निर्दोषलाई न्याय दिने प्रहरीको प्रतिबद्धता छ।

सल्यान पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको अनुसन्धानमा गम्भीर त्रुटि भएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालीन प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ छानबिनमा तानिएका छन् ।

दुर्घटनाका वास्तविक चालकलाई उन्मुक्ति दिएर आर्थिक प्रलोभनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खडा गरी मुद्दा चलाइएको आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो ।

२०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]