२६ भाद्र २०८३, शुक्रबार
11-09-2026 , Fri
×

चितवनको भरतपुरमा ईभी कारमा एक्कासी आगलागी, एक जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २६, २०८३

चितवन । भरतपुरमा विद्युतीय कार (ईभी) मा एक्कासी आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित भित्री सडकमा रोकिराखेको अवस्थामा रहेको बा.प्र.०१-०३१ च …. नम्बरको ईभी कारमा आज दिउँसो अचानक आगलागी भएको थियो।

आगलागीमा परी कारभित्र रहेका भरतपुर-११ बस्ने अन्दाजी ३५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

आगलागीको कारण विद्युत सर्ट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी र स्थानीयको सहयोगमा दमकलले आगो नियन्त्रणमा लिएको थियो।

शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानको पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्स्पेक्टर वीरेन्द्रराज गुरुङसहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायीको भूमिकाबारे बयान तथा अनुसन्धान […]

चितवन । भरतपुरमा विद्युतीय कार (ईभी) मा एक्कासी आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित भित्री सडकमा रोकिराखेको अवस्थामा रहेको बा.प्र.०१-०३१ च …. नम्बरको ईभी कारमा आज दिउँसो अचानक आगलागी भएको थियो। आगलागीमा परी कारभित्र रहेका भरतपुर-११ बस्ने अन्दाजी ३५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको […]

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी अंकुर जि.सी.ले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँहरुले सेवा प्रवाह, सुरक्षा व्यवस्था र समग्र कार्यसम्पादनको बारेमा जानकारी लिनुभएको थियो।