२८ भाद्र २०८३, आइतबार
13-09-2026 , Sun
×

भालुवाङमा नवनिर्मित स्वास्थ्यचौकी भवनबाट सेवा प्रारम्भ गर्ने उद्देश्यले बिहानैदेखि सरसफाइमा स्थानीयहरु उत्साहित :

Logo
बिदुर एमसी प्रकाशित आइतबार, भाद्र २८, २०८३

दाङ । भालुवाङ पुल्चोकस्थित सेवा प्रदायक संस्था लालमटिया स्वास्थ्य चौकी भवनबाट औपचारिक सेवा शुभारम्भका लागि शनिबार बिहानैदेखि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नयाँबजार टोल विकास संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रममा टोलका सम्पूर्ण बासिन्दाहरुको उत्साहजनक रूपमा सहभागिता रहेकोे थियो ।

टोल विकास संस्थाकि अध्यक्ष भूमि गुरुङका अनुसार यही आगामी असोज महिनाको पहिलो दिनदेखि औपचारिक रूपमा स्वास्थ्य सेवा सुचारु हुने कुरा जानकारी छ । यद्यपि अनौपचारिक रूपमा सेवा भने अस्तिनै देखि शुरु भइसकेको अध्यक्ष गुरुङको भनाइ छ । भवन चिरिच्याँट्ट पारेर आकर्षक रूपमा बनाइएको छ ।

टोलका अध्यक्ष गुरुङका आव्हानमा आआफ्ना हातमा हँसिया, कोदालो, फरुवा जस्ता साधन लिएर एकाबिहानैदेखि टोलबासीहरु सरसफाइमा सहभागी भए । यसरी आफ्नै घर आँगनमा स्वास्थ्य चौकी सुविधा आएकोमा स्थानीय महिला निर्मला रोकाको अनुहारमा उत्तिकै खुशी झल्किएको छ । सहभागीहरु सबैमा उत्तिकै आशा उत्साह देखिन्छ ।

चौबीसै घण्टा सुत्केरी सेवा सहितकाे स्वास्थ्य चौकीको यो भवनबाट उचित सेवा प्राप्त गर्ने कुरामा आफूहरु विश्वस्त रहेको स्थानीय समाजसेवी महिला हुमादेवी मास्केको धारणा बुझिन्छ । कुनै समय : गाईबाख्रा चराउने रातो माटोको थुम्को – डाँडो अर्थात रातोडाँडा नामले चिनिने यो ठाउँ २०६० सालदेखि विस्थापित बस्तीमा परिणत भएको थियो ।

स्थानीय सरकारले गरेको पहलमा उक्त स्वास्थ्य चौकी भवन निर्माण भएर स्वास्थ्य सेवा पाउनेमा सफाइ कार्यक्रममा आएका स्थानीयबासी युवा व्यवसायी मोहन आचार्य विश्वस्त देखिन्छन् । सरकारले नागरिकका गरेको यो पहलका लागि आचार्यले खुलेर प्रशंसा गरे । भालुवाङ सहित आसपासका गाउँका मानिसहरुले यहाँबाट उचित स्वास्थ्य लाभ प्राप्त गर्ने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही पाँच वर्षीय विशेष अभियान लिएर नेपालको सबै पालिका पैदल यात्रामार्फत पुग्ने लक्ष्यसहित यात्रामा निस्किएका मदन केसी महानलाई घोराहीमा विशेष स्वागत गरिएको छ। देशका विभिन्न पालिकामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्ने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित पैदल यात्रामा निस्किएका महान घोराही आइपुगेका हुन्। उहाँलाई घोराही […]

दाङ । भालुवाङ पुल्चोकस्थित सेवा प्रदायक संस्था लालमटिया स्वास्थ्य चौकी भवनबाट औपचारिक सेवा शुभारम्भका लागि शनिबार बिहानैदेखि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नयाँबजार टोल विकास संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रममा टोलका सम्पूर्ण बासिन्दाहरुको उत्साहजनक रूपमा सहभागिता रहेकोे थियो । टोल विकास संस्थाकि अध्यक्ष भूमि गुरुङका अनुसार यही आगामी असोज महिनाको पहिलो दिनदेखि औपचारिक […]

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]