२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

भालुवाङमा नवनिर्मित स्वास्थ्यचौकी भवनबाट सेवा प्रारम्भ गर्ने उद्देश्यले बिहानैदेखि सरसफाइमा स्थानीयहरु उत्साहित :

Logo
बिदुर एमसी प्रकाशित आइतबार, भाद्र २८, २०८३

दाङ । भालुवाङ पुल्चोकस्थित सेवा प्रदायक संस्था लालमटिया स्वास्थ्य चौकी भवनबाट औपचारिक सेवा शुभारम्भका लागि शनिबार बिहानैदेखि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नयाँबजार टोल विकास संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रममा टोलका सम्पूर्ण बासिन्दाहरुको उत्साहजनक रूपमा सहभागिता रहेकोे थियो ।

टोल विकास संस्थाकि अध्यक्ष भूमि गुरुङका अनुसार यही आगामी असोज महिनाको पहिलो दिनदेखि औपचारिक रूपमा स्वास्थ्य सेवा सुचारु हुने कुरा जानकारी छ । यद्यपि अनौपचारिक रूपमा सेवा भने अस्तिनै देखि शुरु भइसकेको अध्यक्ष गुरुङको भनाइ छ । भवन चिरिच्याँट्ट पारेर आकर्षक रूपमा बनाइएको छ ।

टोलका अध्यक्ष गुरुङका आव्हानमा आआफ्ना हातमा हँसिया, कोदालो, फरुवा जस्ता साधन लिएर एकाबिहानैदेखि टोलबासीहरु सरसफाइमा सहभागी भए । यसरी आफ्नै घर आँगनमा स्वास्थ्य चौकी सुविधा आएकोमा स्थानीय महिला निर्मला रोकाको अनुहारमा उत्तिकै खुशी झल्किएको छ । सहभागीहरु सबैमा उत्तिकै आशा उत्साह देखिन्छ ।

चौबीसै घण्टा सुत्केरी सेवा सहितकाे स्वास्थ्य चौकीको यो भवनबाट उचित सेवा प्राप्त गर्ने कुरामा आफूहरु विश्वस्त रहेको स्थानीय समाजसेवी महिला हुमादेवी मास्केको धारणा बुझिन्छ । कुनै समय : गाईबाख्रा चराउने रातो माटोको थुम्को – डाँडो अर्थात रातोडाँडा नामले चिनिने यो ठाउँ २०६० सालदेखि विस्थापित बस्तीमा परिणत भएको थियो ।

स्थानीय सरकारले गरेको पहलमा उक्त स्वास्थ्य चौकी भवन निर्माण भएर स्वास्थ्य सेवा पाउनेमा सफाइ कार्यक्रममा आएका स्थानीयबासी युवा व्यवसायी मोहन आचार्य विश्वस्त देखिन्छन् । सरकारले नागरिकका गरेको यो पहलका लागि आचार्यले खुलेर प्रशंसा गरे । भालुवाङ सहित आसपासका गाउँका मानिसहरुले यहाँबाट उचित स्वास्थ्य लाभ प्राप्त गर्ने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]