२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

चितवन मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो,दुईतर्फी सडक आवागमन अवरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २६, २०८३

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ ।

सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । मौसम तथा पहिरो हटाउने कार्यमा थप समस्या नआए अबको करिब एक घण्टाभित्र सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सडकमा पहिरो खसिरहने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन तथा सडक खुल्ने अवस्था नआएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]