मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ ।
सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । मौसम तथा पहिरो हटाउने कार्यमा थप समस्या नआए अबको करिब एक घण्टाभित्र सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
सडकमा पहिरो खसिरहने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन तथा सडक खुल्ने अवस्था नआएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।