२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

अम्बकेश्वरी क्याम्पस र एसियन स्कुलद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ७१ हजारभन्दा बढी सहयोग,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र २६, २०८३

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्।
अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै संस्थाले राष्ट्रिय वाणिज्य बैंकको खातामा छुट्टाछुट्टै रकम जम्मा गरेका छन्।
अम्बकेश्वरी क्याम्पसका क्याम्पस प्रमुख एवं एसियन स्कुल दाङका प्रबन्ध निर्देशक चन्द्र प्रकाश खनालले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा बैंकमा रकम जम्मा गरी सहयोग सार्वजनिक गर्नुभएको हो।
राहत कोषमा रकम जम्मा गरेपछि बोल्दै खनालले विपद्का समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले विद्यालय तथा क्याम्पस केवल पठनपाठनमा सीमित संस्था नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण माध्यमसमेत भएको उल्लेख गर्नुभयो।
“विपद् र संकटका बेला पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। विद्यार्थी, शिक्षक, अभिभावक तथा संस्थासँग जोडिएका सबै पक्षलाई सामाजिक सेवाप्रति जिम्मेवार बनाउने उद्देश्यले यो सहयोग गरिएको हो,” खनालले भन्नुभयो।
त्यस्तै, कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले अम्बकेश्वरी क्याम्पस र एसियन स्कुलले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विपद्का बेला रकमको आकारभन्दा पनि सहयोग गर्ने भावना महत्वपूर्ण हुने धारणा राख्नुभयो।
प्रियासनले भन्नुभयो, “विपद्मा परेका नागरिकलाई सहयोग गर्नु मानवताको परिचय हो। शिक्षण संस्थाले विद्यार्थीलाई शिक्षा मात्र होइन, सामाजिक जिम्मेवारी र सेवाको भावना पनि सिकाउनुपर्छ। अम्बकेश्वरी क्याम्पस र एसियन स्कुलले गरेको यो सहयोगले समाजमा सकारात्मक सन्देश दिएको छ।”
दुवै संस्थाले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा तथा मानवीय क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। राहत कोषमा जम्मा भएको रकम विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]