०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

दशैं-तिहार लक्षित घर फर्कनेको लर्को,बाँके जमुनाहा नाकामा भीडभाड,चेकजाँचमा कडाइ,

Logo
बिदुर एमसी प्रकाशित शनिबार, कार्तिक ०१, २०८३

बाँके । दशैं पर्व मनाउन भारतका विभिन्न स्थानबाट स्वदेश फर्कनेहरुको चापले बाँकेको मुख्य नाका नेपालगञ्ज जमुनाहामा अत्याधिक भीडभाड बढेको छ।

भारतको दिल्ली, मुम्बई, पञ्जाब, हरियाणा, बेंगलोर लगायतका सहरबाट हजारौं नेपाली चाडपर्व मनाउन घर फर्किरहेका छन्। बिहानैदेखि नाकामा यात्रुहरुको लामो लाम लागेको छ।

नाकामा नेपाल आउनेहरुको मात्र नभई नेपालबाट भारततर्फ जानेहरुको पनि उत्तिकै भीड छ। आवतजावत बढेसँगै चेकजाँचमा खटिएका सुरक्षाकर्मीलाई समेत व्यवस्थापनमा हम्मेहम्मे परेको छ।

चाडपर्वको बेला हुने यस्तो भीडलाई लक्षित गर्दै सुरक्षा चेकजाँच थप कडा पारिएको प्रहरीले जनाएको छ। एबीसी सञ्चारको भण्डाफोर टिमले स्थलगत रुपमा पुग्दा यात्रुहरु घण्टौसम्म लाइनमा बस्नुपरेको दृश्य देखिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – मोटो भ्लगर राजकुमार थापा मगरसँग वादविवाद तथा कुटपिट भएको घटनामा सम्बन्धित दुई पक्षबीच सहमति भएको छ। सो घटना सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले दुवै पक्षलाई सम्पर्कमा ल्याएर छलफल गराएको थियो। छलफलपछि दुवै पक्षले आपसी सहमतिमा मिल्न सहमत भएको प्रहरीको भनाइ छ। […]

सिन्धुलीमा सुमो दुर्घटना तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते सिन्धुली – काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान करिब २:३० बजे को १ ज २९७६ नम्बरको सुमो करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी […]

  रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् । पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा  चलाउने […]