०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

सिन्धुलीमा सुमो दुर्घटना तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०२, २०८३

सिन्धुलीमा सुमो दुर्घटना तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

सिन्धुली – काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान करिब २:३० बजे को १ ज २९७६ नम्बरको सुमो करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी बिजय श्रेष्ठका अनुसार घटनास्थलमा तीन महिलाको शव फेला परेको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेमा ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष विष्ट, खोटाङ दिक्तेल नगरपालिका-३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल-१ का १३ वर्षीय अंकित विक रहेका छन्। उनीहरुलाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचारका लागि पठाइएको छ। चालक बेहोस अवस्थामा छन् भने सम्झना राईको अवस्था गम्भीर छ।

चालकको भनाइ अनुसार सुमोमा १० जना सवार थिए। दुर्घटनापछि तीन जना अझै सुनकोशीमा बेपत्ता छन्। बेपत्ताको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको छ। स्थानीयसहित प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिन्धुलीमा सुमो दुर्घटना तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते सिन्धुली – काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान करिब २:३० बजे को १ ज २९७६ नम्बरको सुमो करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी […]

  रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् । पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा  चलाउने […]

  दाङ । घोराही-तापा सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१ काउले गाउँस्थित गोरबहादुर बिकको घरमा चुनढुंगा बोकेको टिप्पर खसेको छ। गएराति घरमा टिप्पर खस्दा बिक परिवारका चार जना सदस्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दशैं आएको बेला यो कस्तो दशा लाग्यो भन्दै स्थानीय आक्रोशित बनेका छन्। सडक फराकिलो भएपनि चालकले नियम नमानेर […]