दाङ । अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan – CAP) अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीबाट पाल्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।
निरीक्षणका क्रममा उहाँले अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, हिरासत कक्ष लगायतका शाखाहरूको कामकारबाहीको निरीक्षण गर्नुभएको थियो।
साथै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन, पीडितमैत्री सेवा प्रदान गर्न र अनुसन्धानलाई गुणस्तरीय बनाउन निर्देशन समेत दिनुभएको थियो।