१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नेपाली सैनिकको मुख्यालय बनियो कामदारको ज्यालादारी पाइन

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(महेन्द्र सिंह) काठमाडौं
भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाले भुक्तानी नपाएपछि सैनिक मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् ।
गत असार देखि मुख्यालय सञ्चालनमा आएको भए पनि निर्माण कार्यमा खटिएकाले भने भुक्तानी नपाएका हुन् । पैसा नपाएका कामदार र सब कन्ट्राक्टरहरुलाई नेपाली सेनाले मुख्य ठेकेदारलाई रकम भुक्तानी गरिसकेको बताएको छ भने ठेकेदारले भने सेनाले पैसा नै नदिएको बताउँदै आएपछि उनीहरु अलमलमा परेका थिए ।
उक्त सैनिक मुख्यालय बनाउन ३ अर्ब ५१ करोडमा केसी कन्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माणको जिम्मा केसीले साना ठेकेदारलाई दिएको थियो । तिनै साना ठेकेदारले मजदुर लगाएर गरेको कामको भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!