१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कोराना भाईरसका कारण कतार हिँडेका ४० नेपाली कामदार फिर्ता

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं विश्वभर आतंक मच्चाउँदै आएको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलुकका मानिसमाथि प्रतिबन्ध लगाएको छ। कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरूपमा प्रतिबन्ध लगाएको हो। नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रूपमा रहेको कतारले नेपालीहरूलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन्। कामका लागि कतार हिँडेका उनीहरूलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिनुभयो। शर्माले भन्नुभयो, ‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो।’ सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ। हरेक दिन तीनवटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले नै नेपालीसहित १४ देशका नागरिकमाथिको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ। कतारले प्रतिबन्ध लगाएका अन्य मुलुकमा कोरोनाको संक्रमण देखिए पनि नेपालमा भने अहिलेसम्म देखिएको छैन। उसले छिमेकी मुलुक भारत र चीनमा उक्त संक्रमणको अवस्था भयावह भएका कारण नेपाललाई पनि प्रतिबन्ध लगाएको हुन सक्ने आशंका गरिएको छ। त्यसै गरी साउदी अरबले पनि छिमेकी मुलुकसहित ९ मुलुकका नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएपछि नेपालबाट साउदी अरब जाने नेपालीहरू प्रभावित हुने भएको छ। प्रतिबन्ध नलगाएका देशहरूबाट साउदी प्रवेश गर्ने विदेशी नागरिकका लागि तीनवटा विमानस्थल मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!