२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

सशस्त्र प्रहरीमा डिआईजी बढुवाको प्रक्रिया सुरु रिक्त दुई पदमा ६ जनाले दिए आवेदन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

सागर थापा
काठमाडौं सशस्त्र प्रहरी बलमा डिआईजीको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्रमा रिक्त दुई पदमा ६ जना एसएसपीहरुले आवेदन दिएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले ७ दिनभित्र बढुवाको लागी आवश्यक पर्ने शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनको लागी आवश्यक पर्ने प्रमाणपत्र पेश गर्न सुचना प्रकाशित गरेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सदस्य सचिव समेत रहेका एआईजी रामशरण पौडेलले मंगलवार ६ जनाको विवरण गृहमन्त्रालयले गठन गरेको सचिवालयमा बुझाएका छन् । बढुवाको लागी अघिल्लो ब्याचबाट एसएसपी हरिशचन्द्र अधिकारी र पछिल्लो ब्यांचमा एक नम्बरमा रहेका अभिकुमार खत्रीले फारम भरेका छन् ।
बढुवामा योग्य भएपनि तिन नम्वरमा रहेका एसएसपीहरु गणेश ठाडा मगर, दुर्गा भटराई र कमल गिरीले भने फारम बुझाएका छैनन् । डिआईजी बढुवाको लागी फारम भर्नेमा एसएसपीहरु शम्भु सुवेदी, राजेन्द्र शाक्य, राजेन्द्र अधिकारी र कुलबहादुर नेम्वांङ्ग रहेका छन् । तिमध्ये खत्री र सुवेदी २०७३ चैत्र १५ मा एसएसपीमा बढुवा भएका हुन् भने शाक्य र अधिकारी उनिहरुभन्दा चार महिना पछि एसएसपीमा बढुवा भएका हुन् ।
गृहमन्त्रालय स्रोतकाअनुसार डिआईजी बढुवाको लागी बिहिवारबाट प्रक्रिया सुरु हुनेछ । रिक्त दुई जना डिआईजी पदमा ६ जना दावेदार भएपनि मन्त्रालयले वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा प्रक्रिया अघि बढाउनेछ ।
तत्कालिन गृहसचिव प्रेमकुमार राईको पालामा समेत सशस्त्रमा डिआईजी बढुवा हुंदा वरियतालाई आधार बनाइएको थियो । वरियताको आधारमा सशस्त्रमा तत्कालिन एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य,बंशिराज दाहाल,हरिशंकर बुढाथोकी,किशोर प्रधान र राजेन्द्र बस्नेतको डिआईजीमा बढुवा भएको थियो । वरियतामा अघि भएपनि सिनियर व्यवस्थापन तालिम नभएपछि एसएपी अधिकारी बढुवा हुन्बाट वंचित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले पनि सुरक्षा निकायभित्रको बढुवा वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा गर्न निर्देशन दिएका छन् । नयां गृहसचिव महेश्वर न्यौपानेले पदबहालीलगत्तै नेपाल प्रहरीमा भएको एआईजीको बढुवा समेत वरियताका आधारमा भएको थियो । नेपाल प्रहरीका डिआईजीहरु ताराणी लम्शाल, शैलेश थापा र हरि पाल एआईजीमा बढुवा भएका थिए ।
गृहमन्त्रालयले गरेको उक्त बढुवाको सबैतिर प्रशंसा भएको थियो । नेपाल प्रहरीमा बढुवामा चलखेल हुने र त्यसले बिवाद सिर्जना गर्ने भएपनि यसपटककको बढुवामा भने कुनै विवाद भएको थिएन् ।
डिआईजी बढुवाको लागी बोर्डको अध्यक्ष गृहसचिव हुने नियम छ । नयां गृहसचिव न्यौपानेले बढुवामा वरियतालाई नमिच्ने अडान लिएपछि प्रहरीको बढुवा विवादरहित भएको थियो । यता सशस्त्र प्रहरीमा पनि उनले बढुवा गर्दा वरियता नमिच्ने अडान लिएको स्रोत बताउंछ ।
सशस्त्र प्रहरीमा रिक्त दुई डिआईजीमा एक जनाको मात्र बढुवा गर्ने लविङ्ग भएपनि गृह नेतृत्वले भने त्यसमा असन्तुष्टि जनाएको र दुई वटै रिक्त डिआईजी पदमा बढुवा गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]