२० मंसिर २०८१, बिहिबार
05-12-2024 , Thu
×

चन्द्रौटा प्रहरीले चरेससहित ३ जनाल पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

सागर थापा
कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। जिल्लाको शिवराज नगरपालिका ५ रहरकोटबाट साढे १८ किलो चरेस सहित आईतबार ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ हसीपुर गाउँपालिका वडा २ निवासी ३१ वर्षका रामतुल मिया, दाङ राप्ती गाउँपालिका वडा १ लम्तिया बस्ने ४१ वर्षका जितमान मिया र रोल्पा सुनछहारी गाउँपालिका २ निवासी ४१ बर्षीय जपी बुढा रहेको वडा प्रहरी कार्यलय कपिलवस्तु चन्द्रौटाका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनुभएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

कानुन कार्यान्वयनमा प्रहरीलाई बाधा पुर्‍याउने को इन्काउन्टर हुनसक्छ: बाँके एसपी कार्की बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी […]

error: Content is protected !!