सागर थापा/महेन्द्र सिंह
बाँकेको नेपाल-भारत जमुनाह नाकामा सवारी साधन आउजाउमा कडाई गरिएको छ । भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछी दुबै देशका सुरक्षा अधिकारीहरुले नाकामा सवारी आवागमनमा कडाई गरेका हुन् । नेपालगन्जको चौलिका चोकदेखी नाकातर्फ सवारी साधन लैजान दिइएको छैन। अत्यावश्यक काम बाहेक भारत नजान बांके प्रशासनले अनुरोध गरेको छ ।
कोरोनाको संक्रमण भारतको लखनउमा समेत फैलिदै गएपछी सिमामा चेकजाँच कडाई गरिएको हो । तर नेपालीहरु जोखिमको बास्तै नगरी कामका लागि भारत तथा किनेमेलका लागि रुपैडिया बजार गैरहेका छन् । जमुना नाकामा राखिएको हेल्थ डेस्कमा तापक्रम जांच गराएर मात्र नेपाल आउन दिएको छ । भारतले पनि नाकामा हेल्थ डेस्क राखेर नेपाल बाट प्रवेश गर्नेहरुलाई चेकजांछ गरेर मात्र जान दिएको छ । संकास्पद लागे त्यस्ता बिरामीलाई फर्काइदिने गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।