१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

पशुपतिको विशेष पूजा स्थगित सुनसान बन्दै मन्दिर

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

काठमाडौं पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ। नियमित पूजा भने यथावत रहेको छ । सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो। कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुदै गएको छ। नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ। मन्दिर परिसरमा ठाँउठाँउमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ। पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ। मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ। पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरति पूजालाई समेत स्थागित गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]